11:17PM
चैत्र १३ गते २०८१

नेक्स्ट–जेन फोर्ड एभरेस्ट नेपाली बजारमा सार्वजनिक

फागुन २३ गते २०७९
9:53 AM
Author Avatar
आर्थिक मञ्च

नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेस्ट भित्राएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।

नेक्स्ट जेन फोर्ड एभरेस्ट नेपालमा २.० लि। बाई–टर्बौ डिजेल ईन्जिनमा १०–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पी.एस. पावर र ५०० एन।एम टर्क प्रदान गर्दछ ।

जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने– ‘नेक्स्ट जेन फोर्ड एभरेस्ट उत्कृष्ट क्षमताहरूका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरूले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ ।

दुई फोरडब्लूडी प्रणालीहरू, दुई–स्पीड इलेकट्रोनिक सिफ्ट–अन–द–फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट–टाइम फोरडब्लूडी प्रणाली पनि भनिन्छस र अर्को उन्नत, स्थायी चार–पाङ्ग्रे ड्राइभ प्रणालीका साथै चयन गर्न मिल्ने ड्राइभ मोडहरू इलेकट्रोनिक रूपमा नियन्त्रित अन–डिमान्ड दुई–स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस प्रयोग गरिएको छ ।

एभरेस्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् । नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।

रिप्लाई गर्नुहोस