11:11PM
मंसिर १८ गते २०८१

खप्तड र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम तयारी

फागुन १९ गते २०७९
8:48 AM
Author Avatar
आर्थिक मञ्च

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा बुधबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।

मर्जर सम्बन्धी समझदारीपत्रमा मङ्सिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए । उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरि लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका हुन

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याएको थियो ।

रिप्लाई गर्नुहोस